सोमबार, चैत १०, २०८१

राष्ट्रियसभाको बैठक आज बस्ने

नेपालखोज २०८१ माघ २७ गते १०:४१

काठमाडाैं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

Advertisement

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१-८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक-२०८१’ सभा समक्ष पेश गरिने छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया