शुक्रबार, चैत ७, २०८१

सुनकाे मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्याे

नेपालखोज २०८१ माघ २७ गते ११:३५

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । भने चाँदीको मूल्य घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १०० बढेर १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया