सोमबार, चैत १०, २०८१

नेप्सेमा दोहोरो अंकले गिरावट, आठ अर्ब ३९ करोडको शेयर कारोबार

नेपालखोज २०८१ माघ २७ गते १५:४१


काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ११.४९ अंकले घटेर २ हजार ६८८.३१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि २.२५ अंकले घटेर ४५२.२१ अंकमा पुगेको छ ।

Advertisement

३०५ वटा कम्पनीको ८४ हजार २८० पटकको कारोबारमा एक करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समूहको समूहहरुको शेयर कारोबार कारोबार हुँदा ९ वटा समूहले गुमाएका छन् भने बाँकीले कमाएका छन् । याे मध्ये फाइनान्स समूहको सूचक २१.८५ अंकले बढेर २ हजार ७४४.२४ अंकमा पुग्दा लघुवित्त, उत्पादनमुलक र व्यापार समूहको सूचक बढेका छन् ।

वाणिज्य बैंक समूहको सूचक भने आज ४.८३ अंकले घटेर १ हजार ३५४.३० अंकमा पुगेको छ भने जलबिद्युत समूहको सूचक १९.३९ अंकले घटेर तीन हजार ८०४.४३ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक १०० दशमलव १७ अंकले घटेर १३ हजार ६८.६७ अंकमा पुगेको छ भने निर्जीवन बिमा समुहको सुचक पनि ७५.७४ अंकले घटेर १३ हजार ४०.२९ अंकमा पुगेको छ । विकास बैंक, होटेल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज सेन्ट्रल फाईनान्सले सबैभन्दा बढी कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रतिक्रिया