लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-२ विकासनगरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६०० मिलिग्राम र नगद ४ हजार ५०० रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय टिकाराम सुनार र जाजरकोट कुसे गाउँपालिका–५ बस्ने २० वर्षीया सपना सिंह ठकुरी रहेका छन् । प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले टिकारामको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका-२ बसपार्क बाइपासबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३० मिलिग्रामसहित सुर्खेत गुर्भाकोट नगरपालिका-१३ गुमी बस्ने २४ वर्षीय सागर घर्तीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालाय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त पदार्थ नेपालगंज उपमहानगरपाललिका-१४ उदयपुर बस्ने २९ वर्षीय इन्ताज अली शेषले बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले इन्ताजलाई समेत पक्राउ गरेको छ ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्राम र नगद २१ हजार ५०० रूपैयाँ सहित सोही नगरपालिका-२ आनन्दनगर बस्ने २० वर्षीय चित्र बहादुर थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६९० मिलिग्रामसहित २ जनालाई प्रहरीले शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय राम विशाल राना र २८ वर्षीय हरि राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका-३ शंकरपुरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय नरेश शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका-३ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५८० मिलिग्रामसहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय नितेस महरा रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गौरीगंगा नगरपालिका-१ चौमला बजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ बस्ने २९ वर्षीय खगेन्द्र महरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको तुल्सीपुर उपमहानगरपालिका-१८ हेमन्तपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९७० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय देबराज देबकोटालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-३ झण्डेनगरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६० मिलिग्रामसहित सोही नगरपालिका-३ लक्ष्मीनगर बस्ने १९ वर्षीय अब्दजयद्दिन कुरैसीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया