शुक्रबार, चैत ७, २०८१

काठमाडौंको फर्पिङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालखोज २०८१ माघ २७ गते १९:००

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज दिउँदो स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

यहाँको भन्ज्याङमा जुनकिरी इग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

उनले विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए । प्रहरी उद्धारकै क्रममा रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया