जलस्रोत विधेयकमाथि दफावार छलफल
नेपालखोज
२०८१ माघ २७ गते १९:४९

काठमाडौं । जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार ३१ गते प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयकलाई पूर्वाधार विकास समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शनिबारदेखि दफावार छलफल सुरु गरेको हो ।
जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण, एवं व्यवस्थापन लाभको न्यायोचित बाँडफाँट, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्यायका आधार सुनिश्चित गर्नका लागि उक्त ऐन निर्माण गरिएको हो ।
समितिका सभापति दीपकबहादुर सिंहले परिच्छेद ७ को दफा २६ सम्म दफावार छलफल गरी पारित गरिएको जानकारी दिए । उनले उक्त विधेयकलाई दफावार छलफल गरी पास गरेर संसद्मा पठाउने तयारी भइरहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया