मालीमा भएको आतङ्कवादी आक्रमणमा २५ सर्वसाधारणको मृत्यु
नेपालखोज
२०८१ माघ २७ गते २०:०२

डाकार । उत्तरी मालीमा भएको संदिग्ध आतङ्ककारी आक्रमणमा कम्तीमा २५ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको मालीको सशस्त्र बलले जनाएको छ ।
एक धेरै हतियारधारी व्यक्तिहरू सम्मिलित आतङ्कवादी समूहले उत्तरी माली शहर गाओ नजिकै नागरिकहरूलाई सुरक्षा दिने काफिलेमा आक्रमण गरेको सेनाले एक विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त आक्रमण मारिने अधिकांश विदेशी खानीमा काम गर्ने व्यक्ति रहेको बताइएको छ ।
आक्रमणमा तीनवटा नागरिक सवारी साधनमा क्षति पुगेको छ । हालसम्म १९ हतियारधारी व्यक्तिको शव फेला परेको र चारजना लडाकूलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ । आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।
सम्बन्धित
प्रतिक्रिया