बिनिता कठायतसँग बिन्ती

मा. सदस्य बिनिता कठायत अनुसार ८४ मा १०० रवि लामिछाने सदन छिर्दैछन रे…. सरकारले रविप्रति राजनीतिक प्रतिशोध साधेको, ८४ मा १०० रवि लामिछाने यही सदनभित्र छिर्ने भनेर लोकतन्त्रमा सरकार र सदनलाई थर्काउन त पाइन्छ । आत्मरतिमा रमाउन पनि पाइन्छ तर बेतुकका नकारात्मक र भड्काऊ कुरा गरेर मात्र रास्वपाको लोकप्रियता बढ्छ भन्ने सोचाइ त्याग्नोस् ।
रवि रवि रवि.. रविको भजनकिर्तन गरेर रविको देवत्व करण गर्ने काम पनि गलत छ । रवि बिना रास्वपा हाकेर देखाउने ह्याउ छैन भने रास्वपाको दोकान बन्द गर्नुको विकल्प छैन । तर झुट र अण्ठसण्ठ भ्रामक कुरा गरेर रवि र रास्वपा प्रति जनताको सहानुभूति बटुल्ने दुस्साहसपूर्ण काम गर्नु अलोकतान्त्रिक छ । माननीय सदस्य बिनिता कठायत ज्युले सायद भुलेर हुनुपर्छ, १०० जना रवि भन्नुभएछ, २७५ रवि लामिछाने सदन छिर्नेछन् भन्नुपर्थ्यो । बरु अर्को पटक बोल्दा चाही, ८४ मा १०० वा ५-६ सय जति भन्न मन लाग्छ भन्नोस्, तर रवि लामिछाने नभन्नुहोला, रास्वपाका मा। सदस्यहरू सदन छिर्नेछन् भन्नुहोला- मेरो सुझाव । रवि भनेकै रास्वपा र रास्वपा भनेकै रवि भन्ने यथार्थताको पीडा लुकाउने प्रयास पनि नगर्नोस् । तपाईँहरू साह्रै जान्ने होला, हाम पनि त्यति नजान्ने छैनौ ।
बिचरा रबिसङ्ग सरकारले प्रतिशोध लिनुपर्नेनै के छ र ? रबिसङ्ग सरकारले त्यत्रो प्रतिशोधनै साधनुपर्ने नै थियोभने त, रबि च्या..पनि गर्ननपाइ कर्यापझ्याप पार्ने, सहकारी ठगिभन्दाअझ गम्भीर, रबिको करियर नै सिद्दिने अझ भन्ने हो भने ब्यक्तिगत र सामाजिक जिबननै तहसनह, समाप्तहुने सर्बोच्चमा बिचाराधिन दोहोरो पासपोर्टको मुद्दा छँदैथियो नि । ल एकछिनका लागि मानौ, रबिलाइ सरकारले प्रतिशोधनै साधेछ, काङ्रेसका पुर्वगृहमन्त्रीहरु बालकृष्ण खाण, खुमबहादुर खड्का, गोविन्दराज जोशी, पुर्व सभामुख चिरञ्जीवी वाग्ले, पुर्व सन्चारमन्त्री जयप्रसाद गुप्ता, अफताव आलम, एमालेका पुर्वमन्त्री तोपबहादुर रायमझी लगायत माओबादिका नेता पुर्वसभामुखर मन्त्री कृष्ण्बहादुर महरा, रास्वपा सभापतिकै पार्ट्नर छबिलाल जोशि लगायत त्यही मुद्दामा जेल परेका कुमार रम्तेल, बागलुङ्गका एमाले मेयर देबेन्द्र नेपाली र सहकारी ठगिको अभियोगमा बन्दिबनेका झण्डै ६०० ब्यक्तिसङ्गपनी सराकारले प्रतिशोधनै साधेको हो त रु बरु यो स्वीकार्नोस कि, सरकारले रबिलाइ अरु बन्दिभन्दा बिशेष सुबिधा दिएकै हो, रबिको बन्दिजीवन अरुकोभन्दा निकै सहुलियतपूर्ण र बिलासी थियो भन्नेमा कसैको दुइमत नहोला ।
त्यसो त, अति महत्वाकांक्षी रबिको बिगतपनी उत्तिकै अनौठो र बिबाद रहित छ भन्न नसकिने खालको छ । नेपाली नागरिकता त्यागे र बाइबलको कसम खाएर अमेरिकन नागरिक बने, महिनाको १ लाख डलरपनि कामाए , श्रीमतीसङ्ग पारपाचुके गरे, भिजिट भिसामा रित्तो हात पुनः नेपाल फर्के, दोहोरो नागरिकता र दोहोरो पासपोर्ट बोकेरै नेपालको घगडान सन्चारकर्मि बने, हाल फरार सहकारी ठगका अभियुक्त जिबि राईसङ्गको सहकार्यमा गोर्खा मिडिया खोले, लागानी कहाँबाट ल्याइस भनेर क्याउक्याउ नगर्नुहोला, सरकारलाइ कर तिरेर ल्याएको पैसा हो भन्दै खुब हल्लिखल्लीपनि गरे, बिलासी जीवन बिताए, तेस्रो बिबाह गरे, पहिलो नेपाली श्रीमतिसङ्ग डिभोर्स गरे, त्यसबापत श्रीमतिलाइ ५ करोड दिएको र दोस्रो बिदेशी श्रीमतिपटिका नानिहरुको भरणपोषणका लागि नियमित रुपमा निश्चित रकम पठाउने गरेको खुलासा पनि गरे, सबै नेताको नाकको डाँडीपनि भाँचे, पुलिस प्रशासन, सिपाही पनि बने, गैह्रकानुनी तवरले स्टिङ्ग अपेरेसन गरे, अरु के के गरे ( गरे, भित्रिकुरा त उनै जानुन ।
अर्कोतर्फ, रास्कोट बनाउने उर्दिमा देशबिदेशबाट मनग्गे चन्दा उठाए, स्थानिय सरकारबाटपनि ठुलै रकम हत्याए, अस्पताल बनाउन उठेको रकमबाट ३०- ४० लाख श्रीमती निकिता पौडेलको खातामा सार्न पनी भ्याए । जे होस्, नामदाम मनग्गे कमाए, ग्यालेक्सी टेलिभिजनकै केही मतियार, ढोके, हुक्केको जामात बटुलेर घण्टी पार्टी खोले, सुशासनको आकर्षक नारा बनाए, मिठामिठा सपना बेछचे , पुराना दलबाट अशुन्तुष्ट केहि मतदाताको मन जिते, मतपनी पाए, चुनाव जिते, नेता अनि उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । आफ्नो बिरुद्ध समाचार छाप्ने केही पत्रकारलाई १२ भाइको ट्यागपनि झुण्ड्याइदिए र अब फेरि त्यस्तो भएमा पत्रिकाको कार्यालय घेराउ गर्ने धम्किसम्म दिन भ्याए ।
दुर्भाग्य, दोहोरो नागरकिताको कसुरमा मन्त्रीपद चट भयो । केही दिन वा घण्टा अनागरिकपनि बने, फेरि नागरिकता बनाए, नेपाली भए उपचुनाव पनि जिते, सन्चारकर्मी हुँदा ज – जसको नाकको डाँडी भाँचे उनिहरुकै दौराको फेरो समातेर नाइ मलाइ गृहमन्त्रीनै चाहिन्छ भनेर हुरुक्कै गरे, त्यो पनि पाए । त्यसपछि आरजु, शेरबहादुर, गगन, ओलि, सिरोहिया सबैको फायल खोले । झिङ्गेमाछा समातेर आफुले ठूलो माछा समातेको बिज्ञापन गर्न पनी भ्याए ।
एउटा ठूलो माछा समाएर केहिदिन औषधोपचारसहित करुणाभाव देखाएर छाडिदिए । पोखराको खोयाकाण्डपछि बिस्तार बिस्तार सहकारी ठगिमा रबिको नाम जोडिएको चर्चा चल्यो, त्यसबारे उनको हर्कतपनी सन्दिग्ध रह्यो, अनि सदनमा conflict of interest को कुरा उठ्यो, राजिनामा मगियो, थेत्तरो भएपछी रास्वपाका मा. सदस्य शिशिर खनालसहितको छनबिन समिति बन्यो । त्यही समितिले रबि उपर छानबिन गर्न सिफारिस गरेअनुसारनै सहकारी ठगिमा मुद्दा चल्यो, पक्राउ परे, यसमा सरकारको के दोष ?
काठमाडौंमा घण्टिघरबाट बेलुकि ४ बजे पक्राउपरेका रबिलाइ त्यसै रात जहाजबाट लानखोजियो । तर समर्थकसङ्ग हात हल्लौउदै, नमस्कार गर्दै र सहानुभूति बटुल्दैजाने अभिप्रायमा उनले सडकमार्गनै रोजे । तर चितवनबाट उनको आफ्नै सुरक्षाका कारण रातिनै सडकमार्गबाट पोखरा ल्याउदाचाँही, रातारात सडकमार्गबाट पोखरा ल्याइएको भनि मानवाधिकार हननको बबण्डर मच्चाइयो । योजनाबाद्ध र बदनिएतपुर्ण गरिएको त्यो हर्कतले रबि लाई धेरै चलाख र धुर्तमात्र होईन कुटिल पनी छनभन्ने कुरालाइ प्रस्टाएको छ । रबिसङ्ग सरकार डराएर राजनितिक प्रतिशोध साध्यो भन्ने भाष्यको लैबरिका फन्टुस कुरा गर्न छोडनोस । हुन त, तपाइहरुको कुरामा वजन नै के छ र ? आफ्नो अनुकुल भएमा एउटा कुरो, प्रतिकुल भएमा अर्कै उग्र कुरो ।
ढाका कुममारलाइ ७२ घण्टाभित्रै कार्बाही गरेर सुशासन र पारदर्शिता बिगुल फुक्ने रास्वपाको कोर टिम सभापतिबारे चाहिँ झण्डै ४ महिना बितिसक्दापनी किन मौन छ ? सुशासन, पारदर्शिता र नैतिकताको कुरा कहाँ गयो ? आफुलाइ पोल्दा आत्थो, र त्यही आगोले अरुलाइ पोल्दाचाही न्यानो भन्नेजस्तो भनेजस्तो बेतुक र स्वार्थी कुरा गरेर जनतामा भ्रम छर्ने काम नगरौ ।
छतिमा हात राखेर, भगवान कसम भनेर के रबि लामिछाने साच्चिकै दुधले नुहाएका ब्यक्ती हुन् त भन्नुपर्दा रास्वपाका नेताकार्यकर्तालाई पनि धर्मसंकटको स्थिती छ । उनको बिगतको चरित्र र व्यबहार जेजस्तो छ त्यो एकछिनका लागि छाडौ तर राजनीतिक चरित्रपनी त्यति सफा छ भन्ने स्थिती छैन ।
पहिलो पटक गृहमन्त्री हुँदा नेपाली परिचयपत्र छपाइ र ढुङ्गा, गिट्टिबालुवा ठेक्कापट्टा आदिका बारेमा प्रश्न नउठेको होइन । दोश्रोपट गृहमन्त्री हुँदा आफुअनुकुल सरुवा बढुवा र पजनी (सहकारी काण्ड ढाकछोप, प्रमाण नष्ट र सरुवा बढुवामा लेनदेन) आदिले पनि चर्चा नपाएको होइन । यी सबै कुरा मैले भनेको होइन, रास्वपाका पूर्व महासचिवले विभिन्न मिडियामा दिएको अभिव्यक्ति साक्षी छ । खैर यो कुरा छाडौँ, अब अदालतले नै बोल्ने छ । रविको कर्म ( कुकर्मको फल रवि स्वयंले खेपुन । तमाम रास्वपाका नेता कार्यकर्ता भागिदार हुन आवश्यक छैन । व्यक्ति रवि लामिछाने र रास्वपाको सभापति रवि लामिछाने बेग्लाबेग्लै परिचयका मानिस हुन् भन्ने कुरा बुझन जरुरी छ । एउटा व्यक्ति रवि लामिछानेको पछिपछि रोई कराइ गरेर कुद्नुमा रास्वपाको कुनै भविष्य छैन ।
राजनीतिक इतिहास, भूगोल, माटो, धर्म संस्कृति, सामाजिक सद्भाव, सहिष्णुता र अनेकतामा एकताको गाठीकुरा, वर्तमान राजनीतिक व्यवस्था, संविधान, नियम, कानुन लगायत राजनीतिक सकार, राजनीतिक भाषाको र ज्ञान संस्कारबिना सदनमा च्वाउच्वाउच्याउ कराएर आफूतिर मान्छेको ध्यानाकर्षण गर्न खोजेको हो भने त ठिकै हो । तर माननीयसदस्यज्युले खोकेरै रविलाई ७७ वटै जिल्ला घुमाउनु त के कुरा, पाँच जिलाका अदालत अदालत घुमेर तारिख थाप्दाथाप्दै रविको दारी कपाल नफुलोस् । जिल्ला, उच्च, विशेष र सर्वोच्च अदालतबाट मुद्दा किनारा लाग्दालाग्दै सबै तहका यी अदालतमा लौरो टेकेर धाउने दिन पनि नआओस्, ८४ मा रास्वपा नबढारिओस् भन्ने कुराका लागि भगवान्सँग मेरो प्रार्थना छ ।
प्रतिक्रिया