शुक्रबार, चैत ७, २०८१

प्रतिनिधिसभाको बैठक आज पनि

नेपालखोज २०८१ फागुन ५ गते ९:०८

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेपछि बस्ने संसद् सचिवालयले जनाएको छ ।

Advertisement

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन ९आव २०७९र८०० र सातौं वार्षिक प्रतिवेदन ९आव २०८०र८१० पेस गर्ने सम्भावित कार्यतालिका छ ।

त्यस्तै, सभामुख देवराज घिमिरेले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यसैगरी गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेका छन् ।

प्रतिक्रिया