‘पानी जहाज विधेयक, २०८१’काे विषयमा विज्ञसँग छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालखोज २०८१ फागुन १९ गते ७:५५

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारमा दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

आजकाे बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया