महिन्द्रा केयर फेस्ट २०८१ सुरु

नेपालखोज २०८१ फागुन १९ गते १२:२५

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा. लि. ले यही फाल्गुण १८ गते देखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ ।

यस कार्यक्रमको उद्घाटन कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक-सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, क्षेत्रिय प्रर्वन्धक (नेपाल, भुटान र बंगलादेश) महिन्द्रा एण्ड महिन्द्रा चैतन्त्र कलाकारद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथि र ग्राहकवर्गहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।

यस ४५-पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशत सम्मको छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथसाथै अन्य उपहार को पनि लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्ने छन् ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षमा झैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ । साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेष्टमा महिन्द्रकाको कुनै पनि गाडी खरिद तथा विक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ ।

साथै महिन्द्राको सर्टिफाईड प्रि ओन्ड गाडी खरिद गर्नु परेमा आर्कषक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवन शाखाहरुमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया