गोदरेज नेपालले पश्चिम नेपालका डिलरसँग सफल डिलर मिट सम्पन्न

नेपालखोज २०८१ फागुन १९ गते ११:२७

काठमाडौं । गोदरेज नेपालले आफ्ना डिलरसँगको साझेदारी अझ मजबुत बनाउन पश्चिम नेपालमा एक डिलर मिट सफलतापूर्वक आयोजना गरेको छ । यस कार्यक्रममा कम्पनीले नवीनतम उत्पादनको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिमा छलफल गरेको थियो ।

कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधि ले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजना प्रस्तुत गरे । डिलरले पनि व्यावसायिक अनुभव र चुनौतीबारे अन्तरक्रियात्मक सत्रमा सहभागिता जनाए ।

रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, एयर कन्डिस्नर, एयर कुलर, माईक्रोवेभ ओभन, मेडिकल रेफ्रिजेरेटका साथै उत्पादनको उच्च गुणस्तर, ऊर्जा-सक्षम प्रविधि, र ग्राहक-मुखी डिजाइनबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो ।

गोदरेज नेपालका व्यापार इकाई प्रमुख, धर्मेन्द्र जोशीले भने, ‘यो कार्यक्रमले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकसँगको विश्वासलाई अझ बलियो बनाउने मार्ग प्रशस्त गरेको छ ।’ हामी नवप्रवर्तन र सहकार्यमा अग्रसर रहने प्रतिबद्ध छौं । कार्यक्रमको अन्त्यमा डिलरलाई सम्मान गर्दै रात्रिभोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

गोदरेज नेपालको विषयमा :
७० वर्षदेखि विश्वसनीय ब्रान्ड, गोदरेज एप्लायन्सेजले नवीनता, गुणस्तर र पर्यावरणीय जिम्मेवारीमा आधारित उत्पादन प्रदान गर्दै आएको छ । यसले परिवारलाई उच्च प्रदर्शन र सहज जीवनशैली प्रदान गर्दछ ।

प्रतिक्रिया