लागूऔषधसहित सात जना पक्राउ

नेपालखोज २०८१ फागुन १९ गते १६:२८

काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-१२ घले चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६० मिलिग्रामसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २८ वर्षीय किशोर जोशी, ३५ वर्षीय जगदिश राना र २८ वर्षीय भीमनाथ योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ सय ग्राम सहित धादिङ गजुरी नगरपालिका-४ बस्ने २६ बर्षीय राजन चेपाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले धादिङबाट वीरगंजतर्फ जाँदै गरेको प्र.०३-०३-००१ प ५२७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-५ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्राम सहित सोही नगरपालिका-१ पृथ्बीनगर बस्ने २९ वर्षीय प्रन्नयन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७९० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ ठउरी बस्ने २४ वर्षीय राम बहादुर नेपाली र बराहताल गाउँपालिका-२ रानीघाट बस्ने २१ वर्षीय रामचन्द्र थापा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेको भे.९ प ८७७० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया