बीवाईडी एट्टो ३ को १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरीका साथ नेपालमा सम्पन्न

नेपालखोज २०८१ फागुन १९ गते १७:५४

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले सफलतापूर्वक बीवाईडी हाई-टेक विक सम्पन्न गरेको छ ।

चीन वाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो । सबै उमेर समूहका अवलोकनकर्ताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको सो इभेन्टमार्फत उनीहरुले दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएका थिए ।

ग्लोबल माइलस्टोन : नेपालमा डेलिभरी गरियो १० लाख १० हजारौं बीवाईडी एट्टो ३
बीवाईडी हाई-टेक विकको एक महत्वपूर्ण क्षणको रुपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रुपमा रहेको १० लाख १० हजारौं बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो । यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गर्नुका साथै देशमा बढ्दो बीवाईडीको उपस्थितिलाई समेत दर्र्शाएको छ ।

बीवाईडी हाई-टेक विक एक्सक्लुसिभ अफर विस्तार
यो महत्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई-टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ ।याे अफर आगामी मार्च ९ सम्म जारी रहने छ । यसले विश्वसनियता र ग्राहक सन्तुष्टीका लागि बीवाईडीको अटुट प्रतिबद्धतालाई दर्शाउँछ ।

दिगो मोबिलिटी भविष्यमा अग्रणी बन्दै
हाई-टेक विकको अवसरमा अवलोकनकर्ताहरुले विभिन्न सवारी साधनमा भएका प्रविधिको अभुतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाए, जसमा अतुलनीय सुरक्षा र दिगोपना झल्काउने ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट, दक्षता र कार्यक्षमता झल्काउने ई-प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्यांक टर्न र अटोमेटिक पार्किङ जस्ता इन्टेलिजेन्ट भेइकल कन्ट्रोल फिचरहरु लाइभ शोकेस गरिएको थियो ।

नवीन प्रविधि र अद्वितीय ग्राहक सेवामार्फत हरित भविष्य सुनिश्चित गर्दै विश्व-स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली बजारमा भित्र्याउने कार्यमा साइमेक्स इंक प्रा.लि. सदैव प्रतिबद्ध छ ।

प्रतिक्रिया