प्रभु बैंकको शाखा दार्चुलामा

नेपालखोज २०८१ फागुन १९ गते १६:३२

काठमाडौं । प्रभु बैंकले दार्चुलामा शाखा कार्यालय खुलेको छ । आइतबार बैंकले ३१२औँ शाखा कार्यालयको रुपमा महाकाली नगरपालिका-४ स्थित खलंगा, दार्चुलामा शाखा कार्यालय सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरिरहेको छ । बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेको छ ।

शाखा कार्यालय सञ्चालनमा आएसँगै स्थानीय, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंकको सेवा देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।

प्रतिक्रिया