‘सर्माइ भागेर’ गीत सार्वजनिक
नेपालखोज
२०८१ फागुन १९ गते १८:४४

काठमाडौं । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।
आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की र निर्देशक फिरोज तिमिल्सेनाले संयुक्त रुपमा सो गीत सार्वजनिक गरेका हुन् ।
निर्देशक तिमिल्सेनाले गायक श्रेष्ठले सुनाउँदा नै गीत मन परेकाले यसलाई श्रव्यदृश्य बनाएर सार्वजनिक गरिएको स्पष्ट गरे ।
उनले मकवानपु्रको कुलेखानी आसपासका दृश्यमा गीतको शब्दको भाव झल्किने किसिमले श्रव्यदृश्य तयार गरेको जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया