केपी ओली कपकाे उपाधि मछिन्द्र फुटबल क्लबलाई

काठमाडौं । केपी ओली कपकाे उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । साेमबार भएकाे फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध २–० को जित निकाल्दै उपाधि मछिन्द्र फुटबल क्लबले जितेको हाे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन सनिस श्रेष्ठ र स्टेफन जमाह जलीले गोल गरे । मछिन्द्रले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको हो ।
खेलको पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । योसँगै मछिन्द्रले १–० गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको ७२औँ मिनेटमा दोस्रो गोल ग¥यो ।
मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए । यसअघि मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोलअन्तरले हराएको थियो ।
यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले तथा सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गोलअन्तरले हराएको थियो ।

प्रतिक्रिया