नेपाल टेलिकमले ‘ब्रान्ड एम्बेसडर’मा स्वस्तिमा खड्का

काठमाडौं । नेपाल टेलिकमले नेपाली चलचित्र उद्योगकी ख्यातिप्राप्त नायिका स्वस्तिमा खड्कालाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।
कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई नेपालकै अत्यधिक सफल अभिनेत्रीको रुपमा चिनिएकी चलचित्रकर्मी खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको टेलिकमले जानकारी दिएको छ । टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरिन् ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन् ।
कार्यक्रममा ब्रान्ड एम्बेसडर खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गरिन । उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
यो सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धि कार्यहरु गर्नेछिन ।
हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यबस्था समेत सम्झौतापत्रमा उल्लेख रहेको छ ।
नेपालको कलाकारिता क्षेत्रमा सफल तथा लोकप्रिय अभिनेत्रीको पहिचान बनाउन सफल ब्रान्ड एम्बेसडरको संलग्नताबाट ग्राहकवर्गलाई कम्पनीका सेवासुविधा सम्बन्धमा सहज रुपले जानकारी प्रदान गर्न सकिने र आफ्ना सेवाहरुको प्रवद्र्धन मार्फत सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया