जाइस् इमेजिङसहितको भिभो भि५० नेपालमा सार्वजनिक

काठमाडौं । ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भि५० सार्वजनिक गरेको छ ।
जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो अत्याधुनिक स्मार्टफोन प्रो-लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजनले स्मार्टफोन प्रविधिको नयाँ आयाम प्रस्तुत गर्दछ । मनोरञ्जन र सिर्जनात्मकताको लागि आदर्श मानिएको भिभो भि५० नेपाली प्रयोगकर्ताको लागि उत्कृष्ट विकल्प सावित हुनेछ ।
भिभो भि५० मा रहेको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेराले फ्ल्यागशिप स्तरको स्पष्टता र विवरण प्रदान गर्छ । ११९ डिग्री अल्ट्रा वाइड-एंगल क्यामेराले सुन्दर दृश्य र ग्रुप तस्बिर कैद गर्न मद्दत गर्छ। सेल्फी पारखीका लागि, ५० मेगापिक्सल जाइस् ग्रुप सेल्फी क्यामेराले ९२ डिग्री जाइस् ऑटोफोकस वाइड-एंगल लेन्स सहित नेचुरल र हाई-डेफिनिशन सेल्फ-पोट्र्रेट खिच्ने क्षमता राख्छ ।
एआई औरा लाईट पोर्ट्रेट २.० ले १४३ गुणा अल्ट्रा-सफ्ट फिल लाइट प्रदान गर्छ भने जाइस् मल्टिफोकल पोट्र्रेटले २३ एमएम, ३५ एमएम, र ५० एमएम फोकल लेङ्थमा प्रोफेशनल पोट्र्रेट इफेक्ट दिन्छ । बायोटार, बि-स्पीड र डिस्टागन जस्ता जाइस् स्टाईल ईफेक्टले पोट्र्रेट तस्बिरहरूमा सिनेम्याटिक गहिराइ थप्छ ।
भिभो भि५० ले फोर के अल्ट्रा–क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्च स्तरको भिडियो निर्माण क्षमता प्रदान गर्छ । एआई ईरेज २.०, लाईभ कटआउट, फिल्म क्यामेरा मोड र लाईभ फोटो जस्ता प्रविधिले प्रयोगकर्तालाई थप सिर्जनात्मक बनाउन मद्दत गर्छ। भिभो भि५० को ४१ डिग्री गोल्डन कर्भचरसहितको क्वाड-कर्भ डिस्प्लेले न केवल आकर्षक लुक्स प्रदान गर्छ, तर सहज पकड र इमर्सिभ भ्यु अनुभवसमेत दिन्छ। एन्टी–मिस्टच एल्गोरिदमले मल्टिटास्किङ र गेमिङलाई सहज बनाउँछ । यो स्मार्टफोन दुई आकर्षक रंग-स्टारी ब्लु र स्याटिन ब्लाकमा उपलब्ध हुनेछ ।
प्रदर्शनको मामलामा, क्वालकम स्न्यापड्रैगन ७ जेन ३ प्रोसेसरले १५ प्रतिशत छिटो सिपियु प्रदर्शन र ५० प्रतिशत सुधारिएको जिपियु पावर प्रदान गर्छ । १२+१२ जि बी को विस्तारित ¥यामले कुनै पनि एप स्विचिङलाई सहज बनाउँछ । ६००० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले १० मिनेट चार्जमै ६ घण्टा कुरा गर्ने वा ३ घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता दिन्छ । आईपि ६८ र ६९ वाटर तथा डस्ट रेसिस्टेन्सले यो स्मार्टफोनलाई दैनिक जीवनका चुनौती सामना गर्न सक्षम बनाउँछ ।
नयाँ टेक्नोलोजी र उत्कृष्ट डिजाइन सहितको भिभो भि५०को नेपाली बजार मूल्य रु. ६७,९९९ तोकिएको छ । मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुनेछ, जसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स पाउनेछन्। पहिलो बिक्री मार्च २५ बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ ।
प्रतिक्रिया