समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलको संविधान निकै राम्रो रहेको छ : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलको संविधान निकै राम्रो रहेको बताएका छन् ।
नेपाल डेमोक्रेट्रिक लयर्स एशोसियसन र पेशागत बुद्धिजीवी विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले संविधानले सवैलाई अधिकारसम्पन्न बनाएको भन्दै समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलको संविधान निकै राम्रो रहेको बताए ।
उनले अहिलको प्रणालीले कुनै पनि दलको बहुमत आउन कठिन भएकाले यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने धारणा राखे । पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा अहिलको कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उनको भनाइ छ ।
त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागीता हुने मौका मिलेको बताए । कार्यक्रममा संविधान संशोधनका बिषयमा प्रदेशस्तरीय अन्तक्र्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया