भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाँपजाँच सुरु

बर्दघाट सुस्ता पश्चिम । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरेकाको जग्गा नाँपजाँच सुरु गरिएको छ ।
भूमि समस्या समाधान आयोग नवलपरासीले बिहीबार एक कार्यक्रममा गरी गाउँपालिकाभित्रका जग्गाको नाँपजाँच सुरु गरेको आयोगका अध्यक्ष लालबहादुर गुरुङले बताए ।
उनले भने, ‘तीन जना अमिन र एक जना सर्वेक्षकसहित चार कर्मचारीमार्फत काम सुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–९ बाट सुरु जग्गा नाँप जाँच सुरु भएको छ ।’
नाँप जाँच गर्ने क्रममा एक हजार पूर्जा तयार हुनै वित्तिकै वितरण गर्ने तयारी रहेको गुरुङले बताए । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आजदेखि सुरु गरिएको जग्गा नाँप जाँचले पालिकाभित्रका अव्यवस्थित बसोबास भएकाको जग्गा व्यवस्थित हुने विश्वास व्यक्त गरे । गाउँपालिकाको आर्थिक सहयोगमा भूमि आयोगले नाँपजाँच सुरु गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया