बैंकिङ प्रणालीमा चार अर्ब ५३ करोड रुपैंयाँ संस्थागत निक्षेप राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार अर्ब ५३ करोड १७ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ । राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम लगानी गर्न लागेको हो ।
बैंकको बिभिन्न कोषमा रहेको रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि अप्रिल २५, २०२५ देखि अप्रिल १५, २०२६ सम्म तोकिएको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाइनान्स कम्पनीहरुले यही चैत्र १५ गते शुक्रबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
लगानीको लागि छुुट्याईएको कुल रकम मध्ये बाँणिज्य बैंकहरुको तीन अर्ब ६२ करोड १५ लाख, बिकास बैंकहरुको लागि ६७ करोड ९७ लाख र फाईनान्स कम्पनीहरुको लागि २२ करोड ६५ लाख रुपैंयाँ छुट्याईएको राष्ट्र बैंकको भनाई छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएका छन् ।
प्रतिक्रिया