गोधुली रनिङ कपको उपाधि धरान-१४ लाई

सुनसरी । पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान-१४ ले जितेको छ ।
गए राति धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान-१५ लाई १-० गोलअन्तरले पराजित गर्दै धरान-१४ ले उपाधि जितेको होे । खेलको ६१औँ मिनेटमा धरान-१४ का विवेक राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको अन्तिम समयसम्म दुवै टिमले थप गोल गर्न नसकेपछि त्यही गोल नै निर्णायक बन्यो । उपाधिसँगै धरान-१४ लाई नगद एक लाख ७५ हजार रुपैयाँ पुरस्कार र उपविजेता धरान–१५ लाई नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । आजको खेलको प्लेयर अफ दी म्याच धरान–१४ का आशिष पुरी घोषित हुँदै रु पाँच हजार ५०० रुपैयाँ प्रदान गरिएको छ ।
उत्कृष्ट गोलकिपर धरान–१५ का राजीव खड्कालाई पाँच हजार ५०० रुपैयाँ, उत्कृष्ट डिफेन्डर धरान–१५ का अस्तोष राईलाई पाँच हजार ५०० रुपैयाँ, उत्कृष्ट मिडफिल्डर धरान-१५ कै अरिक गुरुङलाई पाँच हजार ५०० रुपैयाँ, उत्कृष्ट स्टाइकर धरान-१४ का निमेश तामाङलाई पाँच हजार ५०० रुपैयाँ, उत्कृष्ट कोच धरान-१४ का शिव राईलाई पाँच हजार ५०० रुपैयाँ, हाइस्कोर धरान–१७ का कृष्ण राईलाई पाँच हजार ५०० रुपैयाँ, राइजिङ प्लेयर धरान-१७ का सुवास विकलाई पाँच हजार ५०० रुपैयाँ प्रदान गरिएको थियो भने खेलको फेयर प्ले टिम धरान–१७ घोषित भएको थियो ।
यही चैत ७ गतेदेखि धरान रङ्गशालामा रात्रिकालीन भएको फुटबल प्रतियोगितामा १८ वटा वडाको सहभागिता थियो ।

प्रतिक्रिया