हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

नेपालखोज २०८१ चैत २१ गते १७:३२

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने तिब्बत घर तथा भारत सुजा–३ जोगिन्दर नगर मडी ठेगाना भएकी चिनियाँ नागरिक २६ वर्षीया रिक्शे वाङमोलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका–९ बस्ने इलाम माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनि माया लिम्बु भन्ने चिन माया लामा लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले टोखा नगरपालिका–९ दिपज्योति मार्गबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ नेपाल चोक डेरा गरी बस्ने थाहा नगरपालिका–७ घर भएका ३४ वर्षीय दिनेश गोले समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम, अनरेक्स १ सय एमएलको ११ बोतल र नगद ३७ हजार रूपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–३ समाबेशी टोल कचुबारी बस्ने राजु माझीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय ७० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मोरङको जहदा गाउँपालिका–५ बस्ने ३३ वर्षीय अरबिन साहलाई अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम, मोबाइल २ थान, ५ हजार ५ सय भारतीय रुपैयाँ र ९ हजार ५ सय नेपाली रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुन्ना भन्ने आशाराम चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अम्बिकाटोलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित गोदावरी नगरपालिका–८ बस्ने २३ वर्षीय महेन्द्र शाहीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुरको कटारी नगरपालिका–४ सिम्लेबाट अवैध लागूऔषध गाँजा ५ सय ७० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीया पुनम मगर, २५ वर्षीय नवराज बिक र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–७ घर भएका २२ वर्षीय बिशाल परियार रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले पुनमको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको कटारी नगरपालिका–३ शुभकामना टोल बस्ने ३७ वर्षीय नारायण सुनुवारलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय कटारीबाट खटिएको प्रहरीले नारायणको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ बसन्तपुर बस्ने २६ वर्षीय बिनोद धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम १ मिलिग्राम र १ थान डिजिटल तराजु सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ

बाँके । कोहलपुर नगरपालिका–७ रजगरूवा बस्ने ४० वर्षीय दुर्गा पुनको हत्या गरेको अभियोगमा सोही नगरपालिका–७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

राजु समेत ५-६ जनाको समुहले कुटपिट गर्दा गम्भीर घाइते भएका दुर्गाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो ।

प्रहरीले कुटपिटमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया