जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ चैत २१ गते १७:२०

झापा । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दीवारी गाउँपालिका–१ कोचाटोली बस्ने भारत आसाम घर भएका २७ वर्षीय सन्तोष कार्कीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ बाङगिरास्थित सडकमा नेपालगंजबाट सुर्खेत गोजी बजारतर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०७९० नम्बरको गाडीबाट खसेर गाडीमा सवार सुर्खेत सिम्ता गाउँपालिका–५ बस्ने २८ वर्षीय गणेश बुढाको बिहीबार साँझ मृत्यु भएको छ । गाडीबाट खसेर गम्भीर घाइते भएका उनको मेहेलकुना अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित सडकमा पकलीबाट चतरातर्फ जाँदै गरेको प्र.१–०२–०४३ प ५३०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ मिलन चोक बस्ने ७७ वर्षीया मन माया गिरीको मृत्यु भएको छ । मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बिपि कोईराला स्वास्थ्य प्रतिष्ठान घोपा अस्पताल धरानमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको कटारी नगरपालिका–४ मुसहरी टोलस्थित सडकमा प्रदेश २–०१–००३ प ५४२२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सिन्धुली दुधौली नगरपालिका–५ घारीथुम्सी बस्ने ७१ वर्षीय अमर बहादुर सुनुवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहाको गोलबजार नगरपालिका–४ निपानेस्थित सडकमा गोलबजारबाट मनहौरतर्फ जाँदै गरेको प्र.२–०१–००१ प ०२७७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइलयात्रीहरू सोही नगरपालिका–१३ बस्ने ४७ वर्षीय हन्स राज यादव र उनकै नाती ३ वर्षीय सूर्य यादवको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका हन्स राजको प्रादेशिक अस्पताल लहानमा र सूर्यको न्यूरो अस्पताल विराटनगर मोरङमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बर्धमान अस्पताल र मोटरसाइकलमा सवार १ जनाको लाइफ लङ्ग अस्पताल गोलबजारमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया