गरिमा विकास बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक र दराजबीच सम्झौता सम्पन्न भएको छ ।
नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम सात सय ५० रूपैयाँसम्म र डेविट कार्ड होल्डर ग्राहकले १० प्रतिशत वा अधिकतम पाँच सय रूपैयाँ सम्म छुट प्राप्त गर्नेछन् ।
छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।
हाल, गरिमा विकास बैंकले देशभर एक सय २३ वटा शाखा कार्यालय, एउटा एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया