एनएसएल फुटबल : चितवनको लगातार दोस्रो जित

नेपालखोज २०८१ चैत २१ गते २१:४९

काठमाडौं नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीमाथि १-० को जित निकाल्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । यसअघि भएको पहिलो खेलमा चितवनले पोखरा थन्डर्सलाई २-० ले पराजित गरेको थियो ।

चितवनको जितमा टोरिक जेब्रिनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक सावित भयो ।

जितसँगै चितवनले दुई खेलबाट ६ अङ्क बनाएको छ । यता तीन खेलमा बुटवलको भने एक अङ्क मात्र छ । बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा धनगढी एफसीसँग ४-१ गोल अन्तरले हारेको थियो ।

उक्त प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थन्डर्स र काठमाडौँ रेजर्सबीच हुनेछ । दोस्रो खेल धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ ।

प्रतिक्रिया