कुन सह-महामन्त्रीको छोराले रक्सी चोरेको हो, प्रमाणित गर्न लिङ्देनलाई काङ्ग्रेसको चेतावनी
नेपालखोज
२०८२ वैशाख १४ गते १२:२२

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई रक्सी चोरेको आरोपमा सह-महामन्त्रीका छोरा पक्राउ परेको विषय प्रमाणित गर्न चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै घिमिरेले लिङ्देनलाई संसद्को रोष्ट्रमबाटै प्रमाणित गर्न चेतावनी दिएका हुन् ।
“सहमहामन्त्री काङ्ग्रेसमा मात्रै भनिन्छ । त्यसैले काङ्ग्रेसलाई इङ्गित गरेको भनी बुझ्न गाह्रो भएन । सहमहामन्त्री आठजना हुनुहुन्छ । कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो प्रमाणित गर्न आग्रह गर्दछु,” घिमिरेले भने ।
गत शुक्रबार संसद् बैठककै लिङ्देनले काङ्ग्रेस सहमहामन्त्रीको छोरालाई चैत १५ गतेको घटनामा पक्राउ गरेर छाडिएको दाबी गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया