शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विद्यालय शिक्षा विधेयकसम्बन्धीको काम चाँडोभन्दा चाँडो सम्पन्न गरेर आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फकाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
विगत २६ दिनदेखि आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नुपर्नेमा उनीहरूले सरकारको ध्यानाकर्षण पनि गराए ।सांसद गङ्गाकुमारी बेल्बासेले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गरी विद्यालय शिक्षासम्बन्धी विधेयक शीघ्र सभामा प्रस्तुत हुनुपर्ने बताइन् ।
सांसद गोपीबहादुर अछामीले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै लघुवित्त पीडित, सहकारीपीडितको आजय माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद मायाप्रसाद शर्माले गत चैत २० गतेदेखि क्षिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग गर्दै सडक आन्दोलन गरिरहेकाले उनीहरुलाई विद्यालय फर्काउने वातावरण बनाऔँ भने ।
सांसद सुमित्रा बिसीले तीन प्रदेशलाई नै जोड्ने भुरीगाउँ-तेलपानी सडक निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया