सोमबार, वैशाख १५, २०८२

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

नेपालखोज २०८२ वैशाख १५ गते २१:५८

इस्लामावाद । पाकिस्तानका विभिन्न क्षेत्रबाट लिइएको २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरसको उपस्थिति पुष्टि भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र (नियोक)ले सोमबार जनाएको छ ।

नियोकले एक विज्ञप्ति जारी गर्दै ४४ जिल्लाबाट सङ्कलन गरिएको ५६ वटा वातावरणीय नमूनामध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको र २२ जनाको रिपोर्ट पोजिटिभ आएको जनाएको छ ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) अन्तर्गतको नियोकले पोलियो भाइरसको प्रभावकारी निगरानी देशभरि नै जारी रहेको जनाएको छ ।

यस वर्षको फेब्रुअरी र अप्रिलमा सञ्चालन गरिएको पोलियो विरुद्धको अभियानका कारण भाइरसको फैलावटमा उल्लेखनीय कमी आएको तर पूर्ण नियन्त्रण भने नभएको नियोकले जनाएको छ ।

सन् २०२४ मा ७४ जना पोलियोका बिरामी फेला परेको पाकिस्तानले यस वर्षको सुरुदेखि अहिलेसम्म आठ वटा पोलियोका बिरामी भेटिएको पुष्टि गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया