वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ बस्ने दोलखा जिरी नगरपालिका–३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका–१५ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भएका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र काठमाडौं महानगरपालिका–२६ बस्ने स्याङ्जा वालिङ नगरपालिका–७ घर भएका ५६ वर्षीय नर बहादुर खड्का थोकी रहेका छन् ।
पक्राउ मध्ये जितेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, नरेन्द्रले युएई पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र नर बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जितेन्द्रलाई काठमाडौं महानगरपालिका–९ बाट शुक्रबार, नरेन्द्रलाई काठमाडौं महानगरपालिका–२२ बाट शुक्रबार र नर बहादुरलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषध सहित १० जना पक्राउ
बर्दियाको बाँसगढी नगरपालिका–१ चेपाङस्थित सडकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु २१ किलो ५ सय ६३ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट नलगाड नगरपालिका–७ बस्ने ३७ वर्षीय भक्त बहादुर शाही र चितवन राप्ती नगरपालिका–११ आरपानी गाउँ बस्ने २७ वर्षीय कुमार तामाङ रहेका छन् । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले जाजरकोटबाट नेपालगंजतर्फ आउँदै गरेको लु.८० प १४६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङको उर्लाबारी नगरपालिका–७ स्कुलडाँडाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट सहित सोही नगरपालिका–३ बस्ने भोजपुर पौवादुङमा गाउँपालिका–२ घर भएका २३ वर्षीय आशिष राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धादिङको थाक्रे गाउँपालिका–२ महादेववेशीबाट अवैध लागूऔषध चरेश करिब १८ किलो ४ सय ४८ ग्राम सहित मकवानपुर थाहा नगरपालिका– ८ बस्ने ८० वर्षीय सेते घलान समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका–७ बस्ने ३० वर्षीय सुरेश चौधरी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०१–०१२ प ४२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९ सय मिलिग्राम सहित सोलुखम्बु नेचा सल्यान गाउँपालिका–५ घर भएका ३० वर्षीय दिपक राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका–१० बडेर्वा टोलस्थित मेडिकल पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ५ सय २० ट्याब्लेट सहित मेडिकल संचालक सोही ठाउँ बस्न मौलापुर नगरपालिका–४ घर भएका २९ वर्षीय जितेन्द्र कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले मेडिकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकम सहित चार जना पक्राउ
काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट स्रोत नखुलेको नगद ९५ लाख १७ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नगरपालिका–१ घर भएका ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ घर भएका ३१ वर्षीय सन्तोष गुरूङ र ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब ३ सय ५६ किलोग्राम गाँजा बरामद
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले ११ वटा पोका फालेर फरार भएपश्चात पोका तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
सर्लाहीको मलंगवा नगरपालिका–१ भेडहियास्थित परालको टालीबाट अवैध लागूऔषध गाँजा २६ किलो २ सय ६० ग्राम आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले परालको टालीभित्र लुकाई राखिएको जुटको बोरा भित्र उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा छ जनाको मृत्यु
कैलालीको भजनी नगरपालिका–७ चर्रा गणेशमान चोकस्थित सडकमा युपि ३१ एयु ७३२० नम्बरको मोटरसाइकललाई बिएब ४५९२ नम्बरको स्कारपियोले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय कुल्दिप धोबीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजिवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारास्थित सडकमा दुईखोलीबाट बागमारातर्फ जाँदै गरेको लु.प्र.०२–००१ त ८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक दाङ घर भएका २९ वर्षीय खिम बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ ।
कालिकोटको खाडाचक्र नगरपालिका–३ ताडीस्थित सडकमा क.प्र.०२–००२ प ५८७६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय धनकृष्ण पाण्डेको मृत्यु भएको छ । आइतबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्म हुँदै थप उपचारको लागि सुर्खेत कालागाउँतर्फ लैजाने क्रममा बाटोमै सोमबार बिहान मृत्यु हो ।
झापाको भद्रपुर नगरपालिका–४ झापा चोकमा चन्द्रगढीबाट बनियानीतर्फ जाँदै गरेको प्र.१–०१–०१२ प ९९३७ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको हंशपुर नगरपालिका–३ मझौरास्थित सडकमा बकचौराबाट मझौरातर्फ आउँदै गरेको ज.८ प १४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मिथिला बिहारी नगरपालिका–७ तारापट्टी बस्ने ४४ वर्षीया पुनिता देवी ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँकेको कोहलपुर नगरपालिका–११ दशबिगाहस्थित सडकमा भे.१ ह ९५६१ नम्बरको ई–रिक्सालाई भे.१ ज ६०६ नम्बरको भ्यानले आइतबार साँझ ठक्कर दिँदा ई–रिक्सा चालक कोहलपुर नगरपालिका–११ शान्तिनगर बस्ने जाजरकोट शिवालय गाउँपालिका–५ घर भएका ३३ वर्षीय भीम बहादुर शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
इलामको सूर्योदय नगरपालिका–१४ चुम्बाङ बस्ने ४३ वर्षीय शान्तिराज अधिकारी सोही नगरपालिका–१४ भुटेनीस्थित जिम्नी थुम्काको फेदी जंगलको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ७५ वर्षीय पहले सैजु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडी चोक नजिकै रहेको कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित पार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित जंगलको खोल्सामा गुर्भाकोट नगरपालिका–५ बस्ने २६ वर्षीया प्रेमा वली आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया