‘सातै प्रदेशमा जलनको सघन उपचार व्यवस्था स्वागतयोग्य’
नेपालखोज
२०८२ वैशाख २२ गते २१:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विन्दबासिनी कंसाकारले सातै प्रदेशमा जलनको सघन उपचारको व्यवस्था गरिने नीति स्वागतयोग्य रहेको बताएकी छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले जलनको सघन उपचार सेवा विस्तार गर्ने नीतिको प्रशंसा गरिन् ।
‘तर जलन सघन सेवा विस्तारका नाममा छुट्टाइएको रकम अन्य पूर्वाधार विकासमा खर्च गर्न हुँदैन, यसो गरियो भने जनताको विश्वासमा ठेस पुग्छ’, उनले भनिन्, ‘समयमा नै उपचार नपाउँदा जलनबाट घाइतेहरुले अकालमा ज्यान गुमाइरहेका छन् ।’
उनले आवश्यक उपकरण र तालिमप्राप्त जनशक्ति उपलब्ध गराउन सुझाव दिइन् । आफ्ना लागि आफैँ केही गर्न नसकेका बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई हेरचाह गर्ने व्यक्तिलाई निरन्तर हेरचाह गर्न सहयोगीको व्यवस्था हुनुपर्ने माग उनको छ । रासस
सम्बन्धित

प्रतिक्रिया