शुक्रबार, वैशाख २६, २०८२

सातामा ४७ अर्ब ७० करोड ५८ लाख रुपैयाँको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख २६ गते ११:०९

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २ हजार ६६१.६४ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४४८.८९ बिन्दुमा कायम भएको छ ।
यो साता ३२२ वटा कम्पनीको सेयर कारोबार भएका छन् ।

जसअनुसार १२ लाख ४० हजार ५४७ पटकको कारोबारमा ११ करोड ८९ लाख ३० हजार ५६७ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ४७ अर्ब ७९ करोड ५८ लाख सात हजार ६० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा ११ अर्ब रुपैंयाँले बढी हो ।

गत साता तीन सय २७ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख १२ हजार २०१ पटकको कारोबारमा नौं करोड ५२ लाख ६० हजार ७३१ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ३६ अर्ब ७३ करोड ८१ लाख ६४ हजार आठ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र पाँचौं दिन ओरालो लागेको नेप्से परिसुचक तेस्रो र चौंथो दिन भने उकालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलोे कारोबार दिन आईतबार नेप्से परिसुचक ३.४४ अंकले ओरालो लागेर २ हजार ६२०.३९ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५१ अंकले ओरालो लागेर ४४१.४९ बिन्दुमा झरेको थियो ।

दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसुचक ९.६२ अंकले ओरालो लागेर २ हजार ६१०.७६ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक.२४ अंकले ओरालो लागेर ४४०.२५ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने नेप्से परिसुचक एक दशमलव शुन्य तीन अंकले उकालो लागेर २ हजार ६११.४३ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.१३ अंकले उकालो लागेर ४४० .२६ बिन्दुमा चढेको थियो ।

चांैंथो कारोबार दिन पनि नेप्से परिसुचक ६२ दशमलव २५ अंकले उकालो लागेर २६ सय ७३.६९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १०.९७ अंकले उकालो लागेर चार सय ५१.४ बिन्दुमा चढेको थियो । पाँचौं कारोबार दिन भने नेप्से परिसुचक १२.६० अंकले ओरालो लागेर २६ सय ६१. ६४ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई.३४ अंकले ओरालो लागेर चार सय ४८ दशमलव ८९ बिन्दुमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा सानिमामाई हाईड्रोपावर कम्पनी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड आदि परेकाछन् । सेयर कारोवार भएको संख्याको आधारमा भने ङादी ग्रुप पावर लिमिटेड अगाडि देखिएको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।

प्रतिक्रिया