शनिबार, वैशाख २७, २०८२

तीन सैन्य हवाई अड्डामा मिसाइल प्रहार गरेकाे भन्दै पाकिस्तानी सेनाका प्रवक्ता भन्छन्- भारतले यसकाे जवाफ पाउँछ

नेपालखोज २०८२ वैशाख २७ गते ७:२२

काठमाडाैं । पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूमा मिसाइल प्रहार गरेको बताएका छन् । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाकिस्तानी सेनाले यसकाे जवाफ दिनेछ बताए ।

पाकिस्तानी सेनाको वायु रक्षा प्रणालीले भारतका अधिकांश क्षेप्यास्त्रहरू खसालेको उनले दाबी गरे । यसका लागि देशको सेना पूर्ण रूपमा तयार रहेकाे पनि उनले बताए ।

पाकिस्तानले निशाना बनाएको दाबी गरेको सैन्य विमानस्थलमध्ये एक रावलपिंडीमा रहेको नूर खान हो, जुन पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर टाढा छ । यद्यपि, यी दाबीहरूमा भारतले अहिलेसम्म केही भनेको छैन ।

प्रतिक्रिया