उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
नेपालखोज
२०८२ जेठ २३ गते १०:१७

उदयपुर । त्रियुगा नगरपालिका-५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई १० दश हजार रूपैयाँ जरिवाना गरेको हो ।
उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।
सम्बन्धित

प्रतिक्रिया