वर्तमान सरकारको गतिका बारेमा गम्भीर समिक्षा जरुरी छ : महामन्त्री थापा

नेपालखोज २०८२ जेठ २३ गते १४:५२

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिका बारेमा गम्भीर समिक्षा जरुरी रहेको बताएका छन् ।

शुक्रबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसगँ कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको भन्दै सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाडै नै केन्द्रिय कार्यसमितिको बैठकले ठोस निर्णय गर्ने समेत बताए ।

त्यस्तै उनले पतञ्जली जग्गा प्रकरणमा अदालतको आदेश पर्खनुको विकल्प नभएको उल्लेख गरे । संवैधानिक निकायले कानुन अनुसार मुद्दा दर्ता गरेको र अदालतमा गएको विषय भएकाले अदालतलाई विश्वास गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया