जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड

नेपालखोज २०८२ जेठ २३ गते १५:५४

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।

डिप्लोमा इञ्जिनियर्स एशोसिएसनको ४५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यशालामा उनले विपद् व्यवस्थापनका लागि जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा जोड दिएका हुन् ।

उनले मन्त्री दाहालले डिप्लोमा इञ्जिनियरिङ काउन्सिल छिटै गठन हुने र त्यसको प्रक्रियासमेत सुरु भइसकेको बताए । कार्यक्रममा इञ्जिनियरिङ क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

जलवायु परिवर्तन, प्लाष्टिक तथा विश्व वातावरणका विषयमा कार्यशाला आयोजना गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया