‘संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत छौँ’

नेपालखोज २०८२ जेठ २३ गते १७:०२

काठमाडाैं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसगँ कुरा गर्दै बर्तौलाले सदनलाई पेलेरै अघि बढाउने पक्षमा आफुहरु नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा दलबीच सम्वाद जारी रहेकाले सहमति नै शुक्रबार सूचना टाँस गरि सदन स्थगित गरिएको उनले बताए । बर्तौलाले दलबीच भएका छलफलहरु सकारात्मक ढंगले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे ।

भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउनुपर्ने बिपक्षीको मागका विषयमा बर्तौलाले कुनै पनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे ।

प्रतिक्रिया