शुक्रबार, साउन ३, २०८२

बैंकिङ क्षेत्र सुधारको लागि तीन सदस्यीय समिती गठन

नेपालखोज २०८२ जेठ ३० गते १६:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारको लागि तीन सदस्यीय समिती गठन गरेको छ । राष्ट्र बैंकका अनुसार एक महिनाको समय तोकेर केही ‘टिओर’ सहित बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरिएको हो ।

धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा.रेवतबहादुर कार्कीको संयोजकत्वमा बनेको उक्त समितीमा बैंकर भुवन दाहाल र राष्ट्र बैंककै कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य रहेका छन् । अध्ययन समितिले गभर्नर डा. विश्व पौडेललाई एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । अध्ययन समितिले आागमी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाअघि नै प्रतिवेदन बुझाउने छ ।

मौद्रिक नीतिभन्दा पनि नियामकीय नीतिमा आवश्यक सुधार र परिमार्जनको सुझावको लागि समिति गठन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले बाहिरबाट सुझावका लागि अध्ययन समिति गठन गरेको यो पहिलोपटक भएको पनि राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया