सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुई स्ट्रोकले पराजित

काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्यनेपालप्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेकाछन् ।
समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बरएक प्रोफेसनलगल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् ।
राहुलले आज५–अन्डर ६७ को स्कोर गरे । राहुलले यो सिजनको दोस्रो उपाधि जिते । यसअघि उनलेसिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनजितेका थिए ।
समग्रमा १९–अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले आज ८–अन्डर ६४ को स्कोर गरे । प्रोतर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे । एमेच्योरसदभाव आचार्य समग्रमा १८–अन्डर २ सय ७० को स्कोरमातेस्रो भए ।
उनलेआज ५–अन्डर ६७ को स्कोर बनाए । उनीएमेच्योरतर्फ दोस्रो भए । साबिक विजेता सुबाश तामाङ समग्रमा १५–अन्डर २ सय ७३सहित चौथो भए। उनले आज इभन–पार ७२ स्कोर गरे। प्रोतर्फउनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे ।
भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४–अन्डर २सय ७४ सहितपाँचौं स्थानमा रहे। उनले आज ६–अन्डर ६६को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए ।
धरानका प्रो निरज तामाङले आज १–ओभर ७३ स्कोर गरे।समग्रमा १०–अन्डर २ सय ७८ सहित छैटौं भए । प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे । उनी आगामीसिजनको नम्बर एक खेलाडी बनेका छन् ।
उनले यो सिजनतीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगदपुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए । दिनेश प्रजापति समग्रमा ९–अन्डर २ सय ७९ को स्कोरमासातौं भए । उनले आज २–अन्डर ७० स्कोर गरे । प्रो तर्फचौथो हुँदैनगद १ लाख ५ हजार प्राप्त गरे । शुक्र बहादुर राईसमग्रमा ८–अन्डर २ सय ८० सहित आठौं भए । आज ५–अन्डर६७ स्कोर गरे । प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजारहात पारे ।
समग्रमा ३–अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा रएमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे । सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० माआजको खेल सकाए । प्रो तर्फ छैटौं भएका सञ्जयले ८४हजार प्राप्त गरे । यस्तै रविखड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे ।
तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित५–अन्डर ३१ स्कोर गरे। उनले पहिलो, तेस्रो, छैटौं, सातौं रनवौंहोलमा बर्डी प्रहार गरे । ११ औं र १२ औं होलमा पनिएक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइसकेकाथिए। तर ४–पारको १४ औं होलमा डबल बोगी खेप्दा ब्याकनाइन इभन–पार ३६ मा सकाए ।
भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे।चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५–अन्डर ३१मा सकाए। यसपछि ११ औं, १२ औं, १५ औं र १७ औं होलमा एक–एक सट बचाए। १४ औं होलको बोगीलेब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे ।
सदभावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले। तेस्रो होलमाडबल बोगी खेपे। छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दाआठौंहोलमा एक सट खेर फाले । यसपछि १२ औं होलमाइगलको सफलता प्राप्त गर्दा ११ औं, १४ औं र १५ औं होलको बर्डीले ब्याकनाइन ५–अन्डर ३१ मा सकाए ।
बिजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशकरवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्सएसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।
एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेकोथियो। जहाँ ३७ प्रोर १८ एमेच्योर गरी कुल ५५ गल्फरलेसहभागीता जनाएका थिए ।
अब शनिबार प्रो–एम प्रतियोगिता हुनेछ। जहाँ ३० प्रोफेसनलर १२० जना कर्पोरेटस्तरका एमेच्योरखेलाडीले भाग लिनेछन् । परीक्षक खड्काले भने ।
प्रतिक्रिया