कुमारी बैंककाे नाफा एक आर्थिक वर्षमा २ अर्बभन्दा बढी

नेपालखोज २०८२ साउन २३ गते १३:२२

काठमाडौं । कुमारी बैंकले एक आर्थिक वर्षमा २ अर्बभन्दा बढी नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा कुमारी बैंकले २ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले देखाएको हो । अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा ४६ लाख ८ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

तर, बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक रहेको छ । चौथो त्रैमाससम्म बैंकको ब्याज आम्दानी ५.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । नाफासँग बैंकको प्रतिशेयर आम्दानी पनि २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ ।

बैंकको खराब कर्जा ५.९६ प्रतिशतबाट बढेर ६.४२ प्रतिशत पुगेको छ । त्यसैगरी पीई रेसियो २७.२३ र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।​

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रतिक्रिया