वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समयावधि थप गरेको छ ।
वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौंमा ‘जेनजीहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९:०० बजेदेखि जारी भएको निषेधाज्ञाको समयावधि आज अपराह्न ६ः०० बजेसम्मको लागि बढाइएको हो ।
सोमबार राति ९:०० बजेदेखि आज बिहान ९:०० बजेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज बिहान ११:०० बजेदेखि अपराह्न ६:०० बजेसम्मका लागि कर्फ्यूको समयावधि थप गरिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको बताए ।

प्रतिक्रिया