टायर बालेर सातदोबाटो र कलंकीमा प्रदर्शन
नेपालखोज
२०८२ भदौ २४ गते ११:२२

काठमाडौं । सातदोबाटो र कलंकीस्थित चक्रपथ सडकमै प्रदर्शनकालीले टायर बालेर प्रदर्शन गरिरहेका छन् । काठमाडौं उपत्यका तीनै जिल्लामा कर्फ्यु आदेश भए पनि सबै ठाउँमा प्रदर्शन भइरहेको छ ।
कर्फ्यु आदेशका बाबजुत नयाँ पुसताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देशैभर आन्दोलन गरिरहेका छन् ।
ललितपुरमा रहेको सञ्चारमन्त्रीको घरमा आगजनी भइसकेको छ । सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा बिहानैदेखि प्रदर्शन भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया