सुनको मूल्य बढ्याे, तोलामा २ लाख १५ हजार नजिक पुग्यो
नेपालखोज
२०८२ भदौ २४ गते ११:२८

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेर २ लाख १५ हजार रुपैयाँ नजिक पुगेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ४७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको हो ।
सम्बन्धित

प्रतिक्रिया