भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी

नेपालखोज २०८२ भदौ २४ गते १९:५२

काठमाडौं । रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी भएको छ । जेन जी प्रदर्शनकारीले मंगलबार साँझ विमानस्थलमा आगजनी गरेका हुन् ।

सयौँ संख्यामा विमानस्थलभित्र प्रवेश गरेका प्रदर्शनकारीले तोडफोडसँगै आगजनी गरेका हुन् ।

उनीहरूले चारवटा सरकारी गाडी जलाएका छन् भने सुरक्षाकर्मीका केही गाडीमा पनि क्षति पुर्‍याएका छन् ।

मंगलबार दिनभर विमानस्थल बाहिर प्रदर्शन गरेका युवाहरू साँझ भित्र प्रवेश गरेका थिए ।

प्रतिक्रिया