रूपन्देहीमा अनिश्चितकालीन कर्फ्यू जारी

नेपालखोज २०८२ भदौ २४ गते २०:५६

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रूपन्देहीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार राति साढे ८ बजेदेखि जिल्लाभर अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो ।

जेनजीहरूको आन्दोलनको क्रममा लुटपाट मच्चिएपछि नियन्त्रणका लागि कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जेन जीहरूको नाममा भइरहेको प्रदर्शन अनियन्त्रित भएपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया