प्रधान सेनापतिले गरे राष्ट्रको नाममा सम्बोधन, आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान
नेपालखोज
२०८२ भदौ २४ गते २१:०५

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अहिले राष्ट्रको नाममा सम्बोधन गरिरहेका छन् ।
नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ । एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका हुन् ।
सिग्देलले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिएका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै उनले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया