गतिविधि नरोकिए १० बजेदेखि स्थिति नियन्त्रण गर्नेछौँ : नेपाली सेना
नेपालखोज
२०८२ भदौ २४ गते २१:२८

काठमाडौं । नेपाली सेनाले आन्दोलनका कार्यक्रम नरोकिए अहिले राति १० बजेदेखि नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको छ ।
सेनाले सेनासहित अन्य सुरक्षा निकाय पनि तैनाथ हुने जनाउँदै भनेको छ-यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिवद्धता जानकारी गराउदछौँ ।’
नेपाली सेनाले भन्यो-गतिविधि नरोकिए १० बजेदेखि स्थिति नियन्त्रण गर्नेछौँ ।

सम्बन्धित

प्रतिक्रिया