पशुपतिनाथ क्षेत्रमा तनाव, सेनाले लियाे स्थिति नियन्त्रणमा
नेपालखोज
२०८२ भदौ २४ गते २१:५३

काठमाडौं । पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाटको प्रयास गरेपछि त्यहाँ नेपाली सेनाको टोली पुगेको छ ।
नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको थियाे ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले दिएको जानकारीअनुसार अहिले उक्त क्षेत्र सेनाले नियन्त्रणमा लिइसकेको छ ।
सम्बन्धित

प्रतिक्रिया