आगजनी र लुटपाटका सबुद, भिडिओ र फोटो पठाएर सहयोग गर्न प्रहरीकाे आव्हान
नेपालखोज
२०८२ भदौ २७ गते १६:०७

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाटमा संलग्नलाई कारबाहीका लागि नेपाल प्रहरीले सबुद प्रमाण पठाएर सहयोग गर्न आव्हान गरेको छ ।
आम समुदायसँग अनुरोध गर्दै प्रहरीले काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा डर सिर्जना हुने गरीका घटनासँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्क उपलब्ध गराउन भनेको हो ।
त्यस्ता प्रमाण नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा [email protected] पठाउन आग्रह गर्दै प्रहरीले सबुद दिनेहरूको गोपनीयता कायमै राख्ने स्पष्ट पारेको छ ।

सम्बन्धित

प्रतिक्रिया